मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि सर्वसमितिले पारित

Bhugolpark

११ श्रावण, २०८०,१४:१५

साउन ११, काठमाडौँ । मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसमितिले पारित भएको छ ।

राष्ट्रियसभाको बिहीबार बिहान बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरियोस् भनी कानूनमन्त्री धनराज गुरुङले टेवुल गरिसकेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त प्रस्ताव उपर छलफल गर्न समय दिनुभएकोमा कुनै सांसदहरूले पनि पक्षविपक्षमा छलफलमा भाग नलिएकाले अध्यक्ष तिमिल्सिनाले निर्णयार्थ पेस गर्नुभएको थियो । मिटरब्याजसम्बन्धी सो विधेयक राष्ट्रियसभाबाट सर्वसमितिले पारित भएको छ ।

अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते बिहीबार बस्नेछ ।



270 Views

Comments