साउन १०, काठमाडौँ । ढिलो गरी सुरु भएको प्रतिनिधि सभाको बैठक अहिले सुचारु रुपमा सुरु भइरहेको छ ।
बैठक सुरु हुने वितिक्कै एमाले सांसदले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीलाईं बोल्ने समय दिएका थिए । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नसक्ने बताएका थिए ।
बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्नो भनाई राखेपछि नेपाली कांग्रेसका सांसद सुनील शर्मालाईं सभामुखले बोल्न समय दिनुभएको थियो । उहाँले सुन प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ नगरे आफू संसद्मै आमरण अनशन बस्ने चेतावनी दिएका थिए । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागका थिए ।
अहिले बैठकमा राप्रपाकालगायत विभिन्न पार्टीका नेताहरूले आफ्नो भनाई राखिरहेका छन् ।
Comments