महालक्ष्मी विकास बैंकद्वारा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित

Bhugolpark

७ श्रावण, २०८०,१३:०७

महालक्ष्मी विकास बैंकमा आजै बैंक खाता खोलि बैङ्किङ कारोवार गर्नुहोस् र विभिन्न साहित्यिक विधामा भाग लिइ पुरस्कार हासिल गर्नुहोस् ।

साउन ७, काठमाडौँ । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत मातृभुमी साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ ।

बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक श्री शम्भु प्रसाद पराजुलीले रु. ५१,०००(रु. एकाउन्न हजार मात्र) राशीको उक्त पुरस्कार (रकम बराबरको चेकका साथै सम्मानपत्र) प्रा. डा. गोविन्दराज भट्टराईलाई हस्तान्तरण गर्नुभयो । साहित्यकार भट्टराईले विभिन्न विधाहरुमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो । सम्मानित साहित्यकारले बैंकले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गर्नुभयो ।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगतदेखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २९ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैले महालक्ष्मी विकास बैंकमा आजै बैंक खाता खोलि बैङ्किङ कारोवार गर्नुहोस् र विभिन्न साहित्यिक विधामा भाग लिइ पुरस्कार हासिल गर्नुहोस् भन्ने कामना भूगोल पार्क गर्दछ ।


182 Views

Comments