उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बने कार्यवाहक प्रधानमन्त्री

Bhugolpark

७ श्रावण, २०८०,१०:३४

साउन ७, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकिएको छ भने नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टीको कार्यवाहक अध्यक्ष तोकिएका छन् ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान गरेका थिए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ इटली प्रस्थान गएकाले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए ।

कार्यवाहक प्रधानमन्त्री भने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली गएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ । 

प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कनेछन् ।




658 Views

Comments