साउन ५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन नेपाल ल्यउँदै गर्दा राजस्व अनुसन्धान विभागले झण्डै १ क्विन्टल सुन बरामद गरेको थियो । विमानस्थलबाट जाँच पास गरेर बाहिरिँदै गर्दा उक्त सुन बरामद गरेको थियो ।
सोही प्रकरणमा विभागले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।
विभागको टोलीले भट्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ गरेको हो । आफ्नो कुरियरबाट आएको सामानमा सुन भेटिएपछि उनी विमानस्थल पुगेका थिए । सोही क्रममा उनी त्यहीँबाट पक्राउ परेका हुन् ।
यो प्रकरणमा हालसम्म ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक दिलिप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई भारतीय नागरिक थाप्तेन छिरिङ छन् । त्यस्तै चिनियाँ नागरिक लिङ चुवानलाई पनि पक्राउ परेका छन् । उनी सुनको मालिक भएको विभागका अधिकारीहरूको भनाइ छ ।
Comments