ललितपुर मेट्रोसँगको सहकार्यमा २ वटा एरोसन सस्टेनेबल सेनिटेसन सञ्चालन

Bhugolpark

४ श्रावण, २०८०,१६:३९

साउन ४, काठमाडौँ । सार्वजनिक शौचालय नेपालभरी सार्वजनिक ठाउँमा हुन जरुरी देखिन्छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक शौचालयहरूमा उनीहरूको कमजोर पहुँच र समावेशी सुविधाहरूको कमीको कारणले धेरै अवरोधहरू सामना गर्छन्, जसले समाजमा उनीहरूको समावेश सुनिश्चित गर्न सुधार सुविधाहरूको तत्काल आवश्यकतालाई जोड दिन्छ ।

ललितपुर महानगरपालिकाका अनुसार विभिन्न स्थानमा ११ वटा सार्वजनिक शौचालय निर्माण भइरहेकामा ९ वटा राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (एनसीबी) र २ वटा एरोसन सस्टेनेबल सेनिटेसनले सञ्चालन गरिरहेको छ । असारमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाटन दरबार स्क्वायरमा यस्तै एउटा स्मार्ट शौचालयको शिलान्यास गरेका थिए । शौचालयमा परम्परागत वास्तुकलाका साथै महिला तथा अपाङ्ग मैत्री पनि हुनेछ । शौचालय निर्माण सम्पन्न भइसकेपछि ६ वटा युरिनल र पुरुषका लागि ३ वटा शौचालय, महिलाका लागि ६ वटा र अपाङ्गता भएका व्यक्तिका लागि एउटा शौचालय हुनेछ ।

सार्वजनिक शौचालयको सुविधा र डिजाइन सम्बन्धित स्थानको जग्गाको उपलब्धता अनुसार मिलाइन्छ । स्थानीय अधिकारीहरूले सक्रिय रूपमा यी निर्माण स्थलहरूको भ्रमण र सुविधाहरूको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा परामर्श लिइरहेको बताइएको छ ।

निर्माण चरण पूरा भएपछि, सार्वजनिक शौचालयको सञ्चालन र व्यवस्थापनमा ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ । सुविधाहरूको सफलतापूर्वक सम्पन्न हुनु समावेशीता प्रवर्द्धन र सबैका लागि सम्मानजनक सरसफाइ सुविधाहरू उपलब्ध गराउने दिशामा एक कदम अगाडि हुनेछ ।

काठमाडौँ र ललितपुरका विभिन्न ठाउँहरूका महानगरपालिकासँगको सहकार्यमा पुरानो शौचालयहरूलाई एरोसान हव स्मार्ट सार्वजनिक शौचालयले अशक्त, अपाङ्ग र महिनावारी मैत्री बनाएको छ । उक्त शौचालयमा महिनावारी भएका महिलाहरूको लागि सेनिटरी प्याड फेर्ने र सेनिटरी प्याडलाई मेसिनद्वारा व्यवस्थापन गर्ने गरिएको छ भने बालबालिकाहरूको लागि डाइपर फेर्ने व्यवस्था गरिएको छ । यस सार्वजनिक शौचालयमा शौच गरिसकेपछि चिया र पानी किनेर खानसक्ने व्यवस्था गरिएको छ ।

एरोसान हव स्मार्ट सार्वजनिक शौचालयले बर्खाको पानी जमिनमुनि रिचार्ज गर्ने प्रविधि जडान गरी पानीको व्यवस्थापन गर्ने गरेको छ । शौचालयको दिसापिसावबाट वायो ग्यास निकालेर चियापकाउँने गरेको पाइन्छ । यो शौचालयमा महिला र पुरुषको लागि अलगअलग प्रवेशद्वारमा सिक्का छिराएर प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । यो शौचालयमा अटोमेटिक बत्ति जडान गरिएको छ साथै यस शौचालयमा अपाङ्ग र असक्तहरू सजिलैसँग ह्वुइल चियरमा जानआउँन सक्ने व्यवस्था मिलाइएको छ ।

गत सोमबार वाटर एड इन्डिया र बंगलादेशबाट पाल्नुभएको १६ जना अतिथिहरू सुरुमा बुद्धपार्क स्थित एरोसान हव सार्वजनिक शौचालयको भ्रमण गरी पाटनढोकामा रहेको एरोसान हव सार्वजनिक शौचालय परिसरमा आयोजित चियापानमा सरिक हुनुभयो । उहाँहरूले एरोसान हवद्वारा सञ्चालित सार्वजनिक शौचालय दक्षिण एशियाकै नमूना शौचालय भएको भन्दै मुक्तकण्ठले प्रशंसासमेत गर्नुभएको थियो ।



228 Views

Comments