देशभरी हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाइँदै

Bhugolpark

२९ असार, २०८०,११:००

२९ असार, काठमाडौं । देशभरी हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरी आज भानु जयन्ती मनाइँदै छ ।

प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरि दरबार हाइस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो ।

प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, कुलपति भुपाल राई, विभिन्न स्कुलका विद्यार्थीहरू लगायत सहभागी थिए ।

विद्यार्थीहरू भानुभक्तले लगाउने जस्तै पोशाक लगाएर प्रभातफेरीमा सहभागी भएका थिए । केही विद्यार्थीहरू भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायण कथाका पात्रहरूजस्तै बनेका थिए ।

भूगोल पार्कको तर्फबाट २१० औं भानुजयन्तीको पावन अवसरमा सम्पूर्ण विद्यार्थीहरू शिक्षक वर्ग एवं आमबुद्धिजीवी वर्गहरूमा हार्दिक मङ्गलमय शुभकामना ।


247 Views

Comments