कोशी सरकारले दीर्घकालीन निर्णय गर्न नपाउने

Bhugolpark

२८ असार, २०८०,१०:४२

मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाईं पुन : नियुक्त गर्न परमादेश भने दिइनन्

असार २८,काठमाडौँ । सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न कोशी प्रदेश सरकारलाई अन्तरिम आदेश दिएको छ । हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो । तर उनीले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाईं पुन : नियुक्त गर्न परमादेश भने दिइनन् ।

रिटमा विपक्षीलाई साउन ३ गतेसम्म जवाफ पेश गर्न आदेश दिइएको छ भने साउन ७ गते रिटको पेसी तोकिएको छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता थापाको नियुक्तिविरूद्धको रिटमा अदालतले बुधबार यस्तो आदेश दिएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

साउन ७ गतेदेखि मुद्दाको निरन्तर सुनुवाइ हुने आदेशमा उल्लेख छ । कार्कीले रिटमा संविधानको धारा १६८ उपधारा २ अनुसार थापाको नियुक्ति अवैध भएको दाबी गर्दै नियुक्ति खारेज गर्न र धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन् ।



179 Views

Comments