प्रधानमन्त्रीले स्पष्टीकरण दिने गरी संसद्को गतिरोध अन्त्य गर्ने सहमति

Bhugolpark

२४ असार, २०८०,१३:४०

असार २४,काठमाडौँ । संसद्को गतिरोध अन्त्य भएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रधानमन्त्रीले स्पष्टीकरण दिने गरी संसद्को गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।

प्रधानमन्त्री दाहालले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको एमाले र कांग्रेस नेताहरूले जानकारी दिएका छन् ।





234 Views

Comments