कोशीका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए शपथ

Bhugolpark

२२ असार, २०८०,११:३५

असार २२, विराटनगर । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् ।

माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिन सहज छैन अंकगणित

नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापालाईं ३० दिन भित्र विश्वसको मत लिन फलामको चिउरा चपाय सरह हुने भएको छ । ४ मंसिरको चुनावबाट प्रदेशसभामा आएकाको कुनै पनि दलको पक्षको सहज बहुमत छैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । सरकारलाईं समर्थन गर्दै हस्ताक्षर गरेका दलहरू नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६ सांसद छ एवं सभामुख गरी ४७ रहेका छन् ।

सञ्चारकर्मीले किन सभामुखले हस्ताक्षर गरेको भन्दा माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमले प्रदेशमा सरकार विहिनता नहोस भनी वाध्ये भएर हस्ताक्षर गरेको भनेका छन् । प्रमुख परशुराम खापुङले पनि सरकार बनाउँन भन्दै बहुमत सांसदहरूको हस्ताक्षर आफूलाईं प्राप्त भएको भन्दै नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

प्रतिपक्ष दलमा नेकपा एमालेसँग ४० र राप्रपासँग ६ गरी ४६ सांसद छन् । प्रतिपक्ष दलले सभामुख जस्तो गरिमामय पदमा बसेर सरकारलाईं समर्थन गर्दै हस्ताक्षर गरेकाले आगामी दिनमा सभामुखले अध्यक्षता गरेको बैठकमा उपस्थित नहुने बताएको छ ।



175 Views

Comments