फ्रान्सको दङ्गामा पक्राउ पर्नेको सङ्ख्या ७१९ पुग्यो

Bhugolpark

१७ असार, २०८०,१४:५२

पेरिस, १७ असार, (रासस-एएफपी) -

 फ्रान्समा प्रहरीले एकजना किशोरको हत्या गरेको विरोधमा आज पाचौं दिन पनि विरोध जारी छ । विरोध प्रदर्शनीमा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ । आन्तरिक मन्त्रालयका अनुसार झण्डै १,३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो । अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ ।

यसैबीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् । मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन् -प्रदर्शनकारीहरूले "आगो लगाउनु अघि" उनको घरमा गाडी प्रहार गरे ।सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।



250 Views

Comments