चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर

Bhugolpark

५ जेष्ठ, २०८१,१५:२९

बेइजिङ, १६ असारएएनआई/वाम):

चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले सो बारे जानकारी दिएको छ । चीनको स्पट विदेशी विनिमय बजारमा युआनलाई प्रत्येक व्यापार हुने दिन केन्द्रीय समानता दरबाट दुई प्रतिशतले बढ्न वा घट्न अनुमति दिइएको छ । अमेरिकी डलरको तुलनामा युआनको केन्द्रीय समानता दर प्रत्येक व्यापारिक दिन अन्तरबैंक बजार खोल्नु अघि बजार निर्माताहरूले प्रस्ताव गरेको मूल्यहरूको औसतमा आधारित हुन्छ।


146 Views

Comments