आज हरिशयनी एकादशी पर्व

Bhugolpark

१४ असार, २०८०,१०:५५

असार १४, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् ।

सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

 

मान्यता छ । ‘स्वस्थ व्यक्तिले निराहार व्रत बस्ने हो, नसके जलाहार बसे हुन्छ । त्यो पनि नसके दुग्धाहार, घृताहार र फलाहार गरेर व्रत बस्न शास्त्रले स्वीकार दिएको छ,’ वाल्मीकि क्याम्पसका प्राडा घिमिरे भन्छन्, ‘पलाहार लिएर व्रत बस्ने परम्परामा फल प्राप्ति चाहिँ हुँदैन, व्रत बस्ने मात्र हो ।’ 

ठुला ठुला धार्मिक व्यक्तित्व र साधुसन्तहरूले हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्म चार महिना जुत्ताचप्पल पनि नलगाउँदैनन् । उनीहरूमा भगवान पातालमा हुनुहुन्छ, पातालमा भएका कारणले हामीले पृथ्वीमाथि जुत्ता चप्पल लगाएर टेक्नुहुँदैन भन्ने धार्मिक विश्वास रहेको प्राडा घिमिरे बताउँछन् । तर पूजाआजा भने घरमै गरेको राम्रो हो । किनभने गृहस्थ आश्रम (घर) भनेका आफैँमा मन्दिर हो । त्यस कारण मन्दिरमा गएर सबै थोक प्राप्त हुन्छ भन्ने होइन । तसर्थ घरमै भगवानको पूजाअर्चना र कथा श्रवण गरेर यो व्रत मान्न सकिने घिमिरेको भनाइ छ । 



334 Views

Comments