नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.९४ विन्दुमा

Bhugolpark

२ जेष्ठ, २०८१,१७:०१

असार १२,काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन आज नेप्से परिसूचक भारी अंकले बढेको छ। आज नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.९४ विन्दुमा पुगेको छ ।

२७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँमा खरिदबिक्री भयो। ८० हजार ३९८ पटक सेयर कारोबार भयो ।

आज ३३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा स्वाबलम्वन लघुवित्त वित्तीय शीर्षस्थानमा रह्यो। सो कम्पनीको २५ करोड बढिको सेयर कारोबार भयो ।

यस्तै शिवम् सिमेन्टको २२ करोड ६३ लाख र सोल्टी होटलको २२ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भयो। दोहोरो अंकले बढेको सेयर बजारमा १० उपसमूहको सूचक बढ्दा ३ को सूचक ओरालो लाग्यो ।

आज माइक्रो फाइनान्स उपसमूहको सूचक सर्वाधिक ८.९६ प्रतिशतले बढ्यो ।


86 Views

Comments