मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

Bhugolpark

११ असार, २०८०,१२:०८

आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा भाग लिनुहोस् !

असार ११, काठमाडौं । यस महालक्ष्मी विकास बैंक लिमिटेडले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा मिति २०८० आषाढ ८ र ९ गते आर्मी अफिसर्स क्लव, भद्रकाली, काठमाडौंमा आयोजित आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो । नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा भाग लिनुहोस् भन्ने कामना भूगोल पार्क गर्दछ ।



233 Views

Comments