आणविक सुरक्षा बारे रुसमा छलफल

Bhugolpark

२८ बैशाख, २०८१,१६:१२

मस्को, ९ असार, (रासस-सिन्ह्वा) :

रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ । छलफलका क्रममा दुवै प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्नु भएको छ ।

लिखाचेभले जोड दिदै भन्नुभयो- रूसी पक्षले "आईएईए सचिवालयले केन्द्र वरपरको इलाकामा युक्रेनी सशस्त्र बलहरूले आक्रमण रोक्नका लागि विशेष कदम चालेको आभास मिलेको बताउँनु भएको छ । उहाँले ग्रोसीलाई आणविक केन्द्रको सुरक्षित सञ्चालन सुनिश्चित गर्नका लागि हाल रुसी पक्षले चालेका विशेष उपायहरूको बारेमा जानकारी गराउँनु भएको थियो । विशेष गरी पानी आपूर्ति "युक्रेनी सशस्त्र सेनाले काखोभका हाइड्रोइलेक्ट्रिक पावर प्लान्टको बाँध नष्ट गरेपछि," उत्पन्न सङ्कट लगायतका विषयमा छलफल भएको रोसाटोमले बताउँनु भएको छ ।

वार्तामा दुवै पक्षले जुन १५ मा ग्रोसीको प्लान्टको भ्रमणको नतिजाबारे पनि थप छलफल गर्नु भएको छ । आफ्नो भ्रमणको क्रममा ग्रोसीले प्लान्टले सुरक्षित रूपमा सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने विषय व्यावहारिक रूपमा प्रमाणित गर्न सक्षम भएको पनि छलफल गरिएको छ ।


20 Views

Comments