गोरखा जिप दुर्घटना : प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

Bhugolpark

२३ बैशाख, २०८१,१२:३५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

गोरखाको मनकामना भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। प्रधानमन्त्री दाहालल दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

भूगोल पार्कको तर्फबाट गोरखाको सहिदलखन गाउँपालिका–३ मा सवार १७ जनामध्ये दुर्घटनामा परी मृत्युभएका पाँच जनालाई हार्दिक श्रद्धान्जली एवं घाइते १२ जनाको सिघ्र स्वस्थ्यलाभको कामना ।



96 Views

Comments