बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण

Bhugolpark

२३ बैशाख, २०८१,१२:१४

असार ८, काठमाडौँ । प्रतिनिधिसभाको आजको शून्य समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ । सांसदहरू हितराज पाण्डे, एकनाथ ढकाल, राजेन्द्र बजगाईं र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताउनुभयो ।

उहाँहरूले असार आएपछिको विकास निर्माण गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गर्नुभयो । सांसद देवेन्द्र पौडेलले विद्यालय कर्मचारीको सुविधा वृद्धिका लागि गम्भीर हुन माग गर्नुभयो भने प्रेम सुवालले नागरिकता जस्तो विषयलाई हेलचक्रयाइँ नगर्न आग्रह गर्नुभयो ।



103 Views

Comments