आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो

Bhugolpark

२० बैशाख, २०८१,१५:१०

असार ४, काठमाडौं । भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो ।

उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ । कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिनुभयो । “काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भन्नुभयो । यस्तै, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टी व्यक्त गरेको छ । सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन । हामी यसविरुद्ध कानुनी प्रक्रियामा जान्छौँ र निकास खोज्छौँ ।” काठमाडौँ महानगर पश्चात चलचित्र आदिपुरुषलाई पोखरा, धराण, वीरगञ्जलगायतका सहरमासमेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका थिए ।

भूगोल पार्कको दृष्टिकोणमा भारतको एकपछि अर्को हेपाह प्रवृतीको प्रतिफल हो,भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिनु । अब हामी आम नेपालीहरू देश र राष्ट्रिय हतलाई सर्वोपरी ठानी यसरी नै मिलेर भारतको नाङ्गो हस्तक्षेप र हेपाह प्रवृतीको भण्डाफोर गर्नुपर्छ । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह, धरान उप-महानगरपालिका हर्क साम्पाङ र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई सलाम ।



177 Views

Comments