मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त

Bhugolpark

२३ बैशाख, २०८१,१०:५५

जेष्ठ ३२,काठमाडौं । सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ । 

३ महिनापछि अवकाश पाउन लागेका शंकरदास बैरागीलाई अन्य कुनै पदमा व्यवस्थापन गर्ने गरी सरकारले अर्याललाई मुख्य सचिव बनाएको हो ।

अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका थिए । उनले कार्यभारसमेत सम्हालेका छन् ।

भूगोल पार्क परिवारको तर्फबाट नव नियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना । उहाँको कार्यकालमा कर्मचारीतन्त्रलाई जनभावनाअनुसार चुस्तदुरुस्तरुपमा काम गर्न गराउँन अहमभूमिका निर्वाह हुने अपेक्षा गर्दै भ्रष्टचारलाई निर्मुल पार्न शुन्य सहनशीलताको नीति अवलम्बन गराउँने विश्वास लिइएको छ ।




332 Views

Comments