यहुदी काङ्ग्रेसको सम्मेलनमा इजरायलमा ५० देशका १२० यहुदी नेता सहभागी

Bhugolpark

२८ जेष्ठ, २०८०,१५:५४

तेल अवीव, २८ जेठ, (रासस-एएनआई/टीपीएस) ।

इजरायलको विदेश मन्त्रालयले बुधबार विश्व यहुदी काङ्ग्रेसको प्रतिनिधिमण्डलको आयोजना गरेको छ। इजरायलको ७५ औँ वार्षिकोत्सव मनाउँन आएका विभिन्न ५० देशका १२० भन्दा बढी यहुदी नेताहरूले सो सम्मेलनमा भाग लिएका छन् । यस "बृहत् प्रतिनिधिमण्डल" को उद्देश्य "इजरायलका नागरिकहरूसँग समर्थन र ऐक्यबद्धता देखाउनुका साथै हामीबीच साझारूपमा देखिएका विभिन्न मुद्दाहरूमा वार्तालापलाई बढावा दिनु हो।" परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व यहुदी काङ्ग्रेसका कार्यकारी निर्देशक अर्न्स्ट रोजेनबर्गले भने, "हामी यहाँ स्पष्ट सन्देश दिन आएका छौं, हाम्रा चुनौतीहरू साझा छन्, हाम्रा विचारहरू साझा छन्, हामी यहाँ ऐक्यबद्धता व्यक्त गर्न आएका हौं।" परराष्ट्र मन्त्रालय र डायस्पोरा डिभिजनले "यहुदी जनतासँगको सम्बन्धलाई जोगाउन र सुदृढ गर्नका लागि जेरुसेलम र विश्वभरका सबै इजरायली दूतावासहरूबाट काम गरिरहनेछ । "हामी हाम्रो ७५ औं वार्षिकोत्सव सँगै मनाउन पाउँदा खुसी र कृतज्ञ छौं । देश र वार्ताका लागि प्रतिबद्ध छौं ।" सहभागीले भनेका छन् ।



190 Views

Comments