काठमाडौँमा लैङ्गिक अल्पसङ्ख्यकहरूको ५ औं प्राइड परेड सम्पन्न

Bhugolpark

२० बैशाख, २०८१,१२:०३

जेष्ठ २८,काठमाडौँ । शनिवार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले काठमाडौँमा ५ औं ‘प्राइड परेड’ निकालेका थिए । ‘नेपाल प्राइड परेड’ नाम दिइएको सो यात्रा काठमाडौँको शान्ति बाटिकाबाट सुरु भई नारायणचौर पुगेर विभिन्न कार्यक्रम गरी धुमधामले सम्पन्न भएको थियो । 

विश्वभर जुन महिनामा उनीहरूले ‘प्राइड परेड’को रूपमा गौरव यात्रा गर्ने गर्छन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले गौरव यात्रा मनाउँदै आएका छन् ।

भूगोल पार्कको दृष्टिकोणमा आजको एक्काइसौँ शताब्दीमा लैङ्गिक विभेदको अन्त्य गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई हौसला प्रदान गर्नुपर्दछ । उनीहरूको पनि यो देशमा विना भेदभाव बाँच्न पाउने नैसर्गिक अधिकार छ, जसलाई हामीले कुठारा घात गर्नुहुदैन् ।



100 Views

Comments