महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ सम्पन्न, विजेता प्राइम कमर्सियल बैंक

Bhugolpark

२६ जेष्ठ, २०८०,१८:४९

नेपालकै उत्कृष्ट महालक्ष्मी विकास बैंकद्वार महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न !

जेष्ठ २६,काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । यहि जेठ २० गते शनिबारदेखि २२ गते सोमबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुछ्रे बैंकले द्वितिय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा बुधबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितिय माछापुछ्रे बैंक, उत्कृष्ट फिल्डर एनआईसी एसिया बैंकका सञ्जय गिरी , उत्कृष्ट विकेट – किपर एनआईसी एसिया बैंकका रितेश अधिकारी, उत्कृष्ट बलर कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका शमिर थापा क्षेत्री, उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्य लगायत ३१ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने विजेताहरूलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिएको छ । । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्र र महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष श्री राजेश उपाध्यायले संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरू बीच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरूलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखि उनीहरूलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष श्री राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरूले कर्मचारीहरूमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भूमीका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो ।

 २९ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । यस २८ वर्षको दौरानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ । आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

भूगोल पार्कको तर्फबाट नेपालकै उत्कृष्ट महालक्ष्मी विकास बैंकको २९ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा आयोजना भएको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरूलाई हार्दिक बधाई एवं सहभागी टिमलाई आगामी दिनमा विजयीको मंगलमय शुभकामना व्यक्त गर्दछौँ । साथै महालक्ष्मी विकास बैंकका आदरणीय ग्राहक महानुभव र शेयरधनीहरूको उत्तरोत्तर प्रगति एवं समृद्धिको कामनासमेत गर्दछौँ ।



265 Views

Comments