किस्तानको कराँचीमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु

Bhugolpark

१७ फाल्गुन, २०८०,१४:०७

सिन्ध, २६ जेठ, (रासस-एएनआई) ।

गत पाँच महिनामा पाकिस्तानको कराँचीमा सडक अपराध र गोलीबारीका घटनाहरूमा ६१ जनाको मृत्यु भएको छ । पाकिस्तानी स्थानीय मिडिया अवामी आवाजका अनुसार मे महिनामा कराँचीमा ७,८४३ सडक अपराधका घटनाहरू उल्लेख गरिएको छ । दुई दिनअघि कराँचीको गुलसन इकबालस्थित कामरान चौरङ्गीमा मोटरसाइकलमा आएका लुटेराहरूले विश्वविद्यालयको एउटा गाडी रोकेर त्यसमा सवार विद्यार्थी र शिक्षकलाई बन्दुक देखाएर लुटेर फरार भएका थिए ।

अवामी आवाजका अनुसार कराँचीमा खस्किदो सुरक्षा व्यवस्था सिन्ध पुलिस र सिन्ध सरकारका लागि ठूलो चुनौती बनिरहेको छ । यसैबीच, पाकिस्तानी स्थानीय मिडियाले हालै उल्लेख गरेअनुसार पाकिस्तानले आफ्नो आर्थिक सङ्कट झेलिरहेको बेला अपराध झन् बढिरहेको छ । जनताले दैनिक उपभोग्य वस्तु धान्न सकेका छैनन् भने भोकमरी बढ्दै गएको छ ।

शैक्षिक संस्थामा हुने निराशा र असन्तुष्टिले गर्दा युवा पुस्ता लागुऔषध दुव्र्यसनीको शिकार बन्दै गएका छन् । पाकिस्तानमा हरेक दिन १,२०० युवा धुम्रपानको लतमा फसेका छन् र हरेक वर्ष झण्डै एक लाख मानिसहरूको यसबाट मृत्यु हुने गरेको छ । दैनिक ५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना हुने गरेको पाकिस्तानी स्थानीय सञ्चार माध्यम डेली खबरले लेखेको छ । पाकिस्तानले खाद्य सङ्कट, पैसाको अवमूल्यन, बिजुलीको अभाव लगायत कारणबाट हाल सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ ।



25 Views

Comments