वातावरण प्रदुषण कम गर्नमा एरोशानको भूमिका

Bhugolpark

१५ बैशाख, २०८१,१५:३१

हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो । जलवायु परिवर्तनका सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने करिव ६० प्रतिशत कार्बन डाइअक्साइड वनजङ्गलले सोस्ने गर्दछ । यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजङ्गल बढाउने प्रयत्न गर्नुपर्छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बृहतरूपमा वृक्षारोपणसँगै हाम्रो वातावरणमा भएगरेका अव्यवस्थित फोहोर, औद्योगिक कलकारखानाबाट निस्कने रासायनिक पदार्थको उचित व्यबस्थापन गर्ने अभियान चलाउनुपर्छ । प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ। त्यसैगरी, सडकको दायाँ-बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ । त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।

यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा सङ्कटमा पर्ने निश्चित छ । त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा सङ्कटको सामना गर्नुपर्ने छ । हाम्रो मुलुकमा रहेका हिमशृङ्खला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृङ्खलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनु परेको छ । लगातार रूपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भ–ूसन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । 

देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ । त्यती मात्र नभएर हामीले आफूले सकेको क्षेत्रबाट वातावरण प्रदुषणलाई कम गर्न सहयोग गर्नु पर्दछ । विश्वमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई ध्यानमा राख्दै एरोसान हव नेपालले नेपालको पहिलो वातावरण मैत्री र आधुनिक सार्वजनीक शौचालय निर्माण गरेको छ ।

विषेशत नेपाल भन्ने वित्तिकै तिव्ररुपमा विकासको गतिमा गएको देशको रुपमा चिनिन्छ । त्यस मध्यमा पनि नेपालको राजधानी काठमाडौँ झन अव्यवस्थित बढ्दो सहरीकरणका कारण वातावरणनिकै प्रदूषित हुँदै गएको पाईन्छ । विषेशत यहाँको बढ्दो जनसंख्याका कारण मानवजीवनमा दैनिक आवश्यक पर्ने आधारभूत कुरा जस्तै,शौचालय व्यवस्थापन गर्न सकेको छैन । काठमाडौँको सार्वजनीक शौचालयको अवस्था हेर्ने हो भने स्थिती धेरै दुर्गन्धीत र भयाभए अवस्थामा देखिन्छ । यहि समस्यालाई समाधान गर्नको लागि एरोसानले वातावरण मैत्री, महिला मैत्री, अपांग मैत्री सार्वजनीक शौचालय काठमाडौँको विभिन्न स्थानमा संचालनमा ल्याएको छ । यस शौचालयले काठमाडौँको पानीको अवस्थालाई ध्यानमा राखेर आकाशे पानी संकलन गरेर प्रशोधन गरी शौचालय प्रयोगमा ल्याइएको छ । 

शौचालयमा प्रयोगमा आएको पानी आधुनीक प्रविधिको प्रयोग गरी पुन: शौचालयको प्यानमा फल्सको लागि प्रयोग गरिएको छ । यसले माहिलाको स्वास्थ्यमा ध्यानमा राख्दै महीनावारीको समय आवश्यक पर्ने सेनीटरी प्याड किन्ने व्यवस्थापन र प्रयोग भएको प्याड जथाभावी राखेमा वातावरण प्रदुषण हुने भएकfले यसलाई व्यवस्थापन गर्ने मेसिनको समेत रहेको छ । यस शौचलयले हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन शौचालयबाट निस्केका दिशा र पिशावलाई वैकल्पिक ऊर्जाको रुपमा प्रयोग गरेको छ । यसबाट निस्किएको वायो ग्यासबाट चिया पकाउने व्यवस्थासमेत गरिएको छ । 

नेपालको पहिलो र आधुनीक प्रविधिबाट संचालीत यो शौचालय सफा र वरिपरि दुबो र बोटविरुवा रोपेको कारणले वातावरण प्रदुषणमा केही हदसम्म प्रर्दूषण नियन्त्रणमा सहयोग पुगेको छ । एरोसानले बनाएको शौचालयका कारण समस्यामा परेका मानिसको लागि पनि ठुलो सहयोग पुग्नुका साथै मानिसको स्वास्थ्य र सरसफाइलाई ध्यानमा राखेकाले वातावरण प्रदूषण र हरितगृह ग्यास उत्सर्जनमा कम गराएको छ । आगामी दिनमा पनि काठमाडौँमा मात्र नभएर नेपालका ठूला सहरमा पनि यस्ता किसीमको शौचालयको विकास गर्नुपर्ने आवश्यकता देखिन्छ ।


167 Views

Comments