रसियन आर्मीमा दुई जना नेपाली भर्ना

Bhugolpark

७ बैशाख, २०८१,१०:३९

जेष्ठ २५, काठमाडौं । रसियन आर्मीमा पहिलो पटक आफूहरू दुई जना नेपाली भर्ना भएको जानकारी टिकटकको माध्यमबाट दिएलगत्तै ती दुई जना व्यक्ति सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

उनीहरूले बार्तालापको क्रममा रूसको विकसित क्षेत्रमा अवस्थित जङ्गलको बीचमा रहेको रसियन आर्मीमा भर्ना भएको जानकारी गराउँदै रसियन खाना स्वादिष्ट रहेको बताएका छन् । उनीहरूले खानपिन समयमा पाएको जानकारी दिएका छन् । ती दुई जना आर्मी क्याम्पमा हिडडुल गरेको देख्न सकिन्छ । ती दुई जनाले रसियन आर्मी ड्रेस लगाएका छन् भने आफूहरू तालिममा जानलागेको बताउँदै सानो ड्रोनसमेत उडाएको देख्न सकिन्छ ।

"स्मरण रहोस युक्रेनमा रुसी आक्रमणको निन्दा गर्ने राष्ट्रसंघीय प्रस्तावको पक्षमा नेपालले मतदान गरी सकेको छ साथै रुसले युक्रेनमाथि गरेको आक्रमणबारे नेपालको स्पष्ट अडान रही आएको छ । यस विषयमा भूगोल पार्क नेपाल सरकारको ध्यानाकर्षण गर्दछ |"




338 Views

Comments