माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

Bhugolpark

१८ बैशाख, २०८१,१४:४३

२३ जेठ, काठमाडौँ । माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज दिउँसो बसेको प्रदेशका पार्टी पदाधिकारी र दलको सयुक्त बैठकबाट नेकपा माओवादीले औपाचारीक रुपमा सरकार छोड्ने निर्णय पार्टिले जानकारी दिएको छ । पार्टिले सरकार छोडेसँगै नेकपा माओवादी दलका नेता तथा प्रदेश संसद इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गरी तयारी समेत रहेको कुरा जानकारी गराएका छन् आङ्बोले प्रदेशमा सत्तामै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी समेत मिलाएर लाने कुरा गरेका छन् । यस अघि सोमबार विराटनगरमा बसेको प्रदेश संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्ण गरेपछि माओवादी सरकारबाट बाहिरिने निश्चित भएको थियो । बैठकले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि माओवादीले यसबारे मुख खोलेको थिएन । माओवादीले यो निर्णय गरेसँगै नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ । कोशी प्रदेशको सत्ता साझेदार दल नेकपा माओवादीले साथ छाडेपछि अब मुख्यमन्त्री कार्कीसँग एमालेको ४० र राप्रपाको ६ जना गरी ४६ जना मात्रै संसद रहको छ ।सभामुखसहित १३ सिट रहेको माओवादीले साथ छाडेपछि एमालेको नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार संकटमा पर्ने भएको छ । 



110 Views

Comments