१७.३८ अंकले सेयर बजार ओर्लियो तर कारोबार रकम बढ्यो

Bhugolpark

१६ बैशाख, २०८१,१५:५९

२२ जेठ, काठमाडौँ । आज सेयर बजारको परिसूचक घटेर १९०१ अंक कायम गरेको छ । तर कारोबार भने बढेको छ । आइतबार १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ९७ करोडको धितोपत्र किनबेच भयो ।

आज बहुमत कम्पनीको मूल्य घटेको छ भने केहीको मात्र बढ्यको छ । बजारका सबै उपसमूहहरु घटेका छन् । बैंकिङ ९, विकास बैंक ५०, फाइनान्स १७, होटल तथा पर्यटन ३२, जलविद्युत ११, जीवन बीमा १२४, उत्पादन १२१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५७, अन्य २० र ब्यापार उपसमूह ३६ अंक घटे ।

रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । गोर्खा फाइनान्सको ५ तथा बीपीडब्लू लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । शिवम् सिमेन्टको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत घट्यो । जोशी हाइड्रोको ४.३ तथा मेरो माइक्रोफाइनान्सको ४.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, आईएमई जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, सानिमा माइ हाइड्रो र सोल्टी होटल क्रमशः अगाडि रहे ।



210 Views

Comments