डेंगु जोखिम नियन्त्रणको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता

Bhugolpark

२० बैशाख, २०८१,१६:२५

२१ जेष्ठ, काठमाडौँ । आत्याधीक गर्मी बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले डेंगु रोगको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टिका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गएको वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोग अत्याधीक मात्रमा फैलिएसँगै , २८ हजार १०९ जनामा संक्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको कुराको अभगत गराउँदै,यसवर्षको वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउनुपर्ने भन्दै सरकार समक्ष संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।


‘यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसदबाट निर्देशन जारी हुन आवश्यक देखिएको छ’ संकल्प प्रस्तावमा भनिएको छ ।


हरितगृहको प्रभाबका कारण गाएको वर्ष भन्दा यस वर्ष अत्याधाीक मात्रमा गर्मी बढेकाले डेंगु रोगले महामारीको रुप लिन सक्ने प्रबल सम्भावना रहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई यो रोगको जोखिमयुक्त मुलुकको सूचीमा राखेको र डेंगु रोगका लागि प्रभावकारी औषधि हालसम्म पत्ता लागिनसकेको सांसद श्रेष्ठले भनेका छन् ।


प्रस्तावमा डेंगु रोगको विषयमा जनचेतना जगाउनका लागि सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, लामखुट्टेले रोग सार्ने भएकाले यसको नियन्त्रण लागि जनस्वास्थ्य निरीक्षकहरुलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन समेत माग गरिएको छ ।


त्यस्तै वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम र यसबाट बच्नका लागि आवश्यक तयारी गर्न, उपचारका लागि अस्पतालहरुको क्षमता वृद्धि गर्न र निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र अन्य संघसंस्थाहरुको साधन स्रोत र क्षमताको अत्यधिक परिचालन गर्न पनि निर्देशन माग गरिएको छ ।


31 Views

Comments