जिल्ला अदालतमा थुनछेक बहस सुरु, अर्को साताको बुधबार आदेश आउने

आज काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थीको वारेमा आज थुनछेक बहस सुरु भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो । 


इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिन र प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय तयार गरेका छन् । 


थुनछेक बहस सकेर अर्को साताको बुधबार आदेश सुनाउने न्यायाधीश न्यौपानेले इजलासमा बताएका छन् ।

आज अदालतमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको हो । 



हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु भएको हो । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः आदेश आउनेछ । 



Comments