बालकृष्ण खाँणको निवासमा बरामद कागज आफूले नै लेखेको हो- सचिव पाण्डेले

२० जेठ, काठमाडौं ।सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको चिट  आफूले लेखेको भनी बयान दिएका छन् । उनले जिल्ला अदालत, काठमाडौंमा बयान दिने क्रममा यस्तो कुरा भनेका हुन्।


उनले भने ‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ । उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएको रहेछ ।’


उनले प्रहरी हिरासतमा रहेका बेला उक्त नोट लेखेर निजी सचिव नरेन्द्र केसीमार्फत पूर्वमन्त्री बालकृष्ण खाँणलाई पठाएका थिए । आफूलाई आकस्मिक रुपमा पक्राउ गर्न आएको प्रहरीलाई छल्ने क्रममा खाणले उक्त नोट (कागजको चिट) च्यातेर फालेका थिए ।


प्रहरीको अनुसन्धानबाट खुलेअनुसार यो सन्देश पाएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणमार्फत सानु भण्डारी र केशवप्रसाद दुलाललाई घटनामा संलग्न नभएको भनी इन्कारी बयान गराउन प्रयास भएको थियो । त्यसक्रममा खाँणले आफ्ना निजी सचिव नरेन्द्र केसीमार्फत आङटावा शेर्पामार्फत एक करोड रुपैंया फिर्ता दिएका थिए । तर शेर्पाले सानु भण्डारीका दाजु राजु भण्डारीलाई ३० लाख रुपैयाँमात्रै दिए, बाँकी आफूले राखे ।

तर बालकृष्ण खाँणले यस वारे आफूलाई केहि थाहा नभएको कुरा वताएका गरेका छन्। 


Comments