अन्तरीक्षमा गएर ५३ वर्षीया लरेनसँगै बिहे गर्दै अमेजन सीईओ जेफ बेजोस

Bhugolpark

२० बैशाख, २०८१,१३:४९

जेष्ठ १८,काठमाडौं । विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सिइओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् ।

५९ वर्षीय बेजेसले छिटै नै ती प्रेमिकासँग बिहे गर्न लागेको बताइन्छ । वास्तवमा अमेजन मालिकको त्यो बिहे कुनै सामान्य खालको बिहे त पक्कै हुनेछैन । होस् पनि कसरी ? बेजोसले पृथ्वीमा होइन कि अन्तरीक्षमा गएर बिहे गर्न सक्छन् ।

आफ्नै कम्पनीको रकेट चढेर अन्तरीक्षमा पुग्ने व्यक्तिको किर्तिमान बनाइसकेका बेजोस योसँगै अन्तरीक्षमा बिहे गर्ने पहिलो व्यक्ति पनि हुनेछन् ।

बेजोसकी हुनेवाला पत्नी को हुन् त ? यो जिज्ञासा सबैमा हुनु स्वाभाविकै हो । बेजोसकी हुनेवाला पत्नीको नाम लरेन सान्चेज हो । ५३ वर्षीया लरेन एमी पुरस्कार विजेता पत्रकारका साथै हेलिकप्टर पाइलट पनि हुन् ।

लरेनले आफ्नो इन्स्टाग्राम पेजमा पछिल्लो दिनमा बेजोससँगका तस्वीर तथा भिडियोहरु शेयर गर्ने गरेकी छिन् ।

उनीहरूले समुद्रमा निजी याचमा चढेर विदा मनाइरहेको बेला उनीहरुको इन्गेजमेन्टको घोषणा भएको थियो ।

अमेरिकामा बस्ने लरेन सान्चेज सोसल मिडियामा निकै लोकप्रिय छिन् । इन्स्टामा उनका ३ लाखभन्दा धेरै फलोअर्स छन् । उनले विभिन्न अन्तराष्ट्रिय मिडियाहरुका लागि रिपोर्टिङ गरिसकेकी छिन् । टेलिभिजन प्रस्तोताको रुपमा पनि उनी निकै चर्चित रहिन् ।

मिरर युकेको रिपोर्ट अनुसार ५३ वर्षीया सान्चेज र ५९ वर्षीय बेजोसको प्रेम सम्बन्धका खबरहर पछिल्लो समयमा चर्चाको विषय बनिरहेका छन् । उनीहरु दुवैजनाको तस्वीर जब सार्वजनिक भयो त्यसमा सान्चेजको औँलामा हिराको औंठी देखियो । यतिमात्र होइन उनीहरू कान्स फिल्म फेस्टिवलका बेला कान्सको तटमा याचमा आफ्नो विदा मनाइरहेको पनि देखिए ।

समाचार अनुसार उमेर छिप्पिएका बेजोस र सान्चेज छिटै बिहे गर्ने योजनामा छन् । तर उनीहरूलेको बिहेको योजना सामान्य छैन । उनीहरू अन्तरीक्षमा बिहे गर्ने पहिलो जोडी हुनसक्छन् ।

बेजोसको कुरा गर्दा उनले यसअघि नै अन्तरीक्षको भ्रमण गरिसकेका छन् । सन् २०२१ मा उनी आफ्नो कम्पनी ब्लू ओरिजिनको न्यु शेफर्ड रकेटमा बसेर अन्तरीक्ष पुगेका थिए ।

उनी करीब १० मिनेटसम्म अन्तरीक्षमा रहे र १० मिनेटपछि चाहिँ उनी बसेको क्याप्सुल पृथ्वीमा सकुशल फर्कियो । त्यो अन्तरीक्ष यात्रामा करीब साडे ५ अर्ब डलर खर्च लागेको थियो ।

भूगोल पार्कको तर्फबाट अन्तरीक्षमा गएर ५३ वर्षीया लरेन सान्चेजसँगै बिहे गर्नलागेका अमेजन कम्पनीका संस्थापक तथा सिइओ जेफ बेजोस अग्रिम बधाई एवं सफल दाम्पत्य जीवनको शुभकामना !

यो समाचार अनलाईन खवरबाट साभार गरिएको हो ।



27 Views

Comments