सेयर बजारमा ५३ अंकको गिरावट, सबै सूचक राताम्मे

Bhugolpark

६ बैशाख, २०८१,१६:५१

जेठ १६, काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिनमै सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्जको बजार परिसूचक ५३.१६ अंक घटेर बजार बन्द भएको छ ।

मंगलबार १८८८.६१ विन्दुमा झरेको बजारमा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट आयो । ९ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने ३ वटाको स्थिर रह्यो ।

मंगलबार कारोबार रकम २ अर्ब ३० करोड नाघेको छ । ७० लाख ७४ हजार कित्ता सेयर ४० हजार ६३४ पटक खरिदबिक्री हुँदा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

बजारमा सबै उपसूमह रातो भए । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, सिटिजन्स म्युचअल फन्ड–१, सामुदायिक लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाए ।


34 Views

Comments