क्यानबेरामा एभरेष्ट डे, पूर्वप्रधानमन्त्री माधव नेपालले भने ‘आफ्नो ईतिहास नबिर्सिनुस्’

Bhugolpark

१५ जेष्ठ, २०८०,११:२५

क्यानबेरा अष्ट्रेलिया ।

जेष्ठ १५,काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफुले विदेशमा बस्ने नेपालीहरूलाई सदैव आफ्नो ईतिहास, भाषा, संस्कार नबिर्सिन आग्रह गर्ने गरेको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन ईन अष्ट्रेलिया फेन्काले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका पूर्वप्रधानमन्त्री नेपालले ७० वर्षअघि जुन बेला सर एडमन्ड हिलारी र तेन्जींग नोर्गेले सगरमाथाको आरोहण गरेका थिए त्यही वर्ष आफ्नो समेत जन्म भएको भन्दै हालसम्म सगरमाथा आरोहण गर्ने सबै हिरो भएको बताए ।

उनले सय जनाभन्दा बढी अष्ट्रेलियालीहरूले सगरमाथा आरोहण गरिसकेको उल्लेख गर्दै सगरमाथामा बनेका विभिन्न रेकर्डले संसारमा गर्न केही पनि असम्भव नभएको स्मरण गराउने बताएका थिए । उनले हालै दुबै खुट्टा नभएपनि कृत्रिम खुट्टाको सहायतामा हरि बुढामगरले गरेको साहसी आरोहणका बारेमा पनि उपस्थितलाई जानकारी गराएका थिए । उनले आफुले जहाँ जाँदा पनि त्यहाँका नेपालीहरूलाई आफ्नो लामो ईतिहास, आफ्नो भाषा, संस्कृति भुल्न नहुने बताउने गरेको र उनीहरूले आफ्ना सन्तानलाई पनि आफ्नो संस्कार र परम्पराबारे अवगत गराउनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सर्वोच्च शिखर सगरमाथा सहित नेपालका विभिन्न हिमालको आरोहण गर्ने आरोहीहरुको साथले यो दिवस अझ विशेष बनेको बताएका थिए ।कार्यक्रममा अष्ट्रेलियाका संघीय सांसद डेभिड स्मीथसहित चार आरोहीहरूले पनि सहभागिता जनाएका थिए ।

फेन्काका अध्यक्ष कृष्ण हमालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै हमालले उपस्थित सबैलाई धन्यवाद दिँदै अष्ट्रेलियाका सबै शहरमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको र यसलाई हरेक वर्ष निरन्तरता दिइने जानकारी गराएका थिए ।

७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा न्यूजिल्याण्डमा हुने कार्यक्रममा भाग लिन आफ्नी श्रीमति गायत्री नेपालसँगै आएका पूर्वप्रधानमन्त्री नेपाल सोमबार त्यसतर्फ जाने कार्यक्रम छ । नेपाली दूतावास क्यानबेरामा रहनुभएका नेपाल दम्पत्ति नेपाल कम्युनिष्ट पार्टी समाजवादीको प्रवासी भ्रातृ संगठनले सिड्नीमा आयोजना गर्ने एक कार्यक्रममा समेत सहभागी हुने तय भएको छ ।

यो समाचार केविसी खवरबाट साभार गरिएको हो ।

भूगोल पार्कको तर्फबाट अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन ईन अष्ट्रेलिया फेन्काले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका पूर्वप्रधानमन्त्री माधव नेपाललाई कृतज्ञता ज्ञापन गर्दछौं ।

सो कार्यक्रममा नेपालले ७० वर्षअघि जुन बेला सर एडमन्ड हिलारी र तेन्जींग नोर्गेले सगरमाथाको आरोहण गरेको जानकारी गराउनुले सगरमाथाको देश हामी नेपालीहरूको शिर उचोभएको छ । उनले हालै दुबै खुट्टा नभएपनि कृत्रिम खुट्टाको सहायतामा हरि बुढामगरले गरेको साहसी आरोहणका बारेमा पनि उपस्थितलाई जानकारी गराएका थिए । उक्त कार्यक्रमले नेपालको प्रर्यटन प्रवर्धनमा टेवापुग्ने आँकलन भूगोल पार्क परिवारको रहेको छ ।



244 Views

Comments