स्वतन्त्र र स्वच्छ राजनिति परिवर्तनका संवाहकहरूको  चेन्ज मेकर लिगमा एकताको संदेश

Bhugolpark

७ बैशाख, २०८१,११:५८

काठमाडौँ, जेठ २३

दलगत प्रणालीमा दलको विकल्प दल नै हुन्छ र एउटा दलले काम गर्न नसके अर्को दलले गर्दछ तर हाम्रो देशमा विभिन्न काल खण्डमा राजनितिक परिवर्तन भयो र आजको समय सम्म आईपुग्यो तर पनि जनताहरुले प्रतक्ष अनुभुति हुने कुनै पनि काम नभएको गुनासो गर्दछन् । यसको फलस्वरुप बालेन्द्र शाह वा हर्क साम्पाङको उदय भयो। यसको मतलव अव दलको विकल्प चेन्ज मेकर हुन लागेका छन्। 

राजनितिक दलहरु जनता प्रति उतरदाई नभएको गुनासो आम जनताले गरी रहेको हुँदा के चेन्ज मेकर विकल्प हुन सक्छन् ?  यो आम रुपमा नेपलाको राजनितिमा अहिले वहसको विषय वनेको छ । 

यसै सन्दर्भमा आज होटेल हार्दिक बाग वजारमा, विभिन्न राजनितिक दल र समाजका अग्रजहरु विच BhugolPark ले एक कार्यक्रम सम्पन्न गर्यो । यस कार्यक्रममा दलगत प्रणालिमा के स्तन्त्र उमेद्वार वा चेन्ज मेकर विकल्प हुन सक्छन् भन्ने छलफल भयो। 

यस कार्यक्रममा विभिन्न दल र समाजका सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो । उहाँहरुले कसरी सहकार्य गरेर राम्रो व्यक्तिलाई जनप्रतिनिधिको रुपमा निर्वाचित गर्न सकिन्छ भनेर छलफल  भयो जसले गर्दा  जनतालाई प्रतक्ष अनुभुति हुनेगरी काम गर्न सकियोस् वा जनताको जिवन स्तर सुधार्ने गरी काम होस् ।  

यस कार्यक्रममा पुकार बम. मिलन पाण्डे-अध्यक्ष, विवेकशील साझा, रमेश खरेल-अध्यक्ष नेपाल सुशासन पार्टी, कर्मा लामा, तामाङ-अध्यक्ष  नेपाल विवेकशील पार्टी, रमेश पौड्याल, सुमन सायमी, रञ्जु दर्शना, गोविन्द नारायण, डम्बर शाहु र अन्य वक्ताहरुले आफ्नो धारणा राखनु भएको थियो । कार्यक्रमको संचालन सिमोन ढुंगाना र रेशु अर्यालले गर्नु भएको थियो । 

जुनसुकै पार्टीको व्यक्ति भएनी राम्रो व्यक्तिलाई सहयोग गर्नु पर्दछ भन्ने सवैको आसय रह्यो । यस क्रममा स्वतन्त्र उमेद्वार भए पनि यदि उ योग्य, ईमान्दार, र काम गर्न सक्ने खालको छ भने उसलाई सवैले सहयोग गरेर जिताउनु पर्दछ भन्ने सवैको मत रहयो। 

काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवारी घोषणा:गरेका उम्मेदवार पुकार बमले राजनितिकोलागि सहि कारणहुनु गर्ने भन्ने प्रमाण डा गोविन्द केसीको आन्दोलनले प्रमाणीत गरेको छ भनु भयो । उहाँले आफु डा के सीको चेलाभएकोले ईनअफ ईज ईनअफ आन्दोलन चलाएको र धेरै हद सम्म सफल भएको कुरा व्यक्त गर्नु भयो । उहाँले आफु अवको चिर्वाचनमा उमेद्वार भएकोले सवैलाई सहयोग गर्न अनुरोध गर्नु भयो । उहाँले स्वतन्त्र उमेद्वारहरु तिन महिना घर घरमा गएर एउटा माहोल वनाउनु पर्ने र अन्तिम दुई महिनामा कस्को क्याम्पेन राम्रो छ उसलाई सवैले सहयोग गर्नु पर्ने विचार राखनु भयो । 

यस कार्यक्रमको सुरुवातमा भूगोलपार्कको सिमोन ढुंगानाले देश विकाश हुन राजनिति राम्रो हुनु पर्ने र यो हुन जनप्रतिनिधि उतरदाही हुनु पर्नेमा जोड दिनु भयो। उहाँले लोकतन्त्र वलियो वनाई देशलाई विकशित् मुलुक वनाउनु पर्दछ भनुभयो। 

रमेश खरेल-अध्यक्ष नेपाल सुशासन पार्टीले अहिले भएका प्रमुख दलहरुले काम गर्न नसक्ने भएकोले सवै राम्रा मानिसहरु मिलेर यो पार्टी वा उ पार्टी नभनी नयाँ सिरावाट वहस गरी नयाँ शक्ति वनाउनु पर्नेका जोड दिनु भयो । 

तेस्तै  कर्मा लामा तामाङ-अध्यक्ष  नेपाल विवेकशील पार्टीले राम्रा मानिसहरुलाई एक ठाउँमा ल्याउने सुत्र खोज्नु पर्नेमा जोड दिनु भयो। 

रञ्जु दर्शनाले आफ्नो पहिलो निर्वाचनको अनुभव सुनाउदै अवको निर्वाचनमा आफुले उमेद्वारी दिने तर अन्तिम निर्णय अझै गर्न वाँकी रहेको भन्नु भयो । उहाँले निर्वाचनमा जे परिणाम आए पनि जनताको सेवा निरन्तर गर्ने प्रतिवदता गर्नु भयो। 

गत स्थानिय चुनावमा काठमाडौँ महानगरपालिकाको मेयर पदको उमेद्वार सुमन सायमी जस्ले सम्मान जनक् मत ल्याउनु भयो उहाँको जोड राम्रोलाई सहयोग गर्नु पर्ने रहयो । उहाँले आफु राजनितीमा आउन नचाहेको तर अधिकार मात्र खोज्दा अधिकार नपाएकोले राजनितीमा आउन वध्य भएको कुरा राखनु भयो । 

स्थानिय निर्वाचनमा स्वतन्त्र उमेद्वारहरुले जिते भन्दैमा फेरि पनि स्वतन्त्रले नै जित निकल्छ भन्नेमा आफु विस्वस्त हुन अझै नसकेको कुरा मिलन पाण्डे-अध्यक्ष, विवेकशील साझाले भनु भयो । उहाँले थप जोड दिदै भनु भयो, “निर्वाचित स्वतन्त्र उमेद्वारहरुले काम गर्न नसके जनतामा झन नराम्रो संदेश जान्छ । तेसैले हामीले उहाँहरुलाई सफल वनाउनु पर्दछ ।”

रमेश पौड्याल विवेकशील साझा पार्टीवाट बागमती प्रदेश सभा सदस्यले पार्टी विभिन्न तरीकाले वन्ने तर आजको पार्टीमा यति धेरै व्यथिती छकी यो भन्नदा राम्रो सवै स्तन्त्र उमेद्वारले गर्न सक्छन् भन्नेमा जोड दिनु भयो। 

गोविन्द नारायणले आफुले पार्टी वन्नकोलागि धेरै गार्हो हुने र सवै पार्टीको आफ्नो ईतिहास हुनेमा जोड दिनु भयो। 

 

गनतन्त्रमा पार्टीको विकल्प जनता रहेको कुरा गत निर्वाचनले देखाएको विचार अधिवक्ता अोम अर्यालको रहयो । सहरको जनता शिक्षित भएकोले उहाँहरुलाई अव कसैले झुक्याउन नसक्ने र अव ग्रामीण क्षेत्रमा पनि जनतालाई सुशिक्षित गरेर लैजानु पर्ने कुरामा जोड दिनु भयो। 

 

डम्बर शाहुले आफुले सधै स्तन्त्र उम्द्वारलाई सहयोग गरको र उहाँहरुलाई एउटै उमेद्वारीको लागि पहल गरेको कुरा कार्यक्रमा भन्नु भयो। 

कार्यक्रम पछिको छलफलमा भूगोलपार्कको अप्रेसन म्यानेजर, उपेक्शा तुलाधरले भुगोलपार्क सवैको साझा थलो भएको र यस्ले नेता, जनता, सरकार, संध संस्था, वा सवैलाई उतरदाई वनाई देशलाई एउटा नयाँ युगमा लान चाहान्छ भनु भयो। उहाँले एस् उदेश्यकोलागी सवैको साथ चाहिने भएकोले सवैलाई भूगोलपार्कसँग हातेमालो गर्न आवाहान गर्नु भयो। 

यस कार्यक्रमको निष्कर्ष चेन्ज मेकरहरुले राजनितिक दललाई सहि वाटोमा ल्याउन सक्दछन् र यदि नआएको खण्डमा आफै विकल्प दिन सक्दछन भन्ने रहयो । 



 




136 Views

Comments