नेवारी समुदायले किन सिथि नख: पर्व मनाउँछन् ?

Bhugolpark

१९ बैशाख, २०८१,१३:०४

जेष्ठ ११,काठमाडौं । जेष्ठ शुक्लपक्षको षष्ठी तिथिका दिन पर्ने सिथि नखः पर्वमा आफ्नो टोलका सबै जना भेला भएर पानीका परम्परागत स्रोतहरू इनार, ढुंगेधारा कुवा, पोखरी सफा गर्ने परम्परा छ ।

गर्मी मौसममा पानीको सतह घट्ने भएकाले आफ्नो वरिपरि रहेका इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने नेवारी समुदायका व्यक्तिहरू बताउँछन् । साथै सिथि नखःका दिन मुहान सफा गर्‍यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा चलिआएको धौभडेल बताउँछन् ।

के के खाइन्छ ?

सिथि नखको दिन बिहान कुल भगवानलाई पुजा गरिसकेर पानीको मुहानको सामूहिक सरसफाई गर्ने र नेवारी खानेकुराको परिकार बारा, चातामरी, छोइला लगायतका भोज खाने प्रचलन रही आएको छ ।

सिथि नखः को दिन ६ थरीका चटामरी र ६ थरीका वः पकाएर खाने प्रचलन रहेको छ । अहिले भने चटामरी, मुग वा मासको वः बनाएर खाने गरिन्छ । देवाली भएका खण्डमा त्यहीअनुसार भोजका परिकार बनाएर खाने गरिन्छ । सम्यबजी बनाएर पनि खाने गरिन्छ ।

धार्मीक महत्व

देवीदेवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षातको बेला धान रोपाइँ जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने जनविश्वास छ । किसानलाई जात्रा, पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा यसको महत्व रहेको संस्कृतिविद् धौभडेल बताउँछन् ।

यस चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षायामको अन्तिम चाडको रुपमा लिइन्छ ।



138 Views

Comments