आजदेखि राससको संस्कृतिसम्बन्धी तस्बिर प्रदर्शनी

Bhugolpark

१२ बैशाख, २०८१,१०:५१

जेष्ठ ११,काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्बिर प्रदर्शनी गर्दैछ । नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन् ।

रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा सुरु हुने सो प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुहुने छ । सो प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्ने छ । प्रदर्शनीमा नेपालका सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिने छ । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिने छन् ।

मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्बिर प्रदर्शनीले योगदान पुर्याउने विश्वास राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले व्यक्त गर्नुभएको छ । संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्बिर प्रदर्शनी गर्दै आएको छ । गणतन्त्र दिवसका अवसरमा संस्थाका नायब महाप्रबन्धक श्यामप्रसाद रिमालका संयोजकत्वमा रहेको तस्बिर प्रदर्शनी कार्यदलको संयोजनमा यस्तो प्रदर्शनी पहिलोपटक गर्न लागिएको हो ।



190 Views

Comments