नेपाल ओलम्पिक कमिटीद्वार मन्त्री लिम्बू र भण्डारीलाईं स्वागत तथा सम्मान प्रदान

Bhugolpark

११ बैशाख, २०८१,१०:३९

जेष्ठ ११,काठमाडौं । नेपाल ओलम्पिक कमिटीले बुधबार एक समारोहबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारलाई स्वागत गर्दै सम्मान गरेको छ । कमिटीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रमा अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुत्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउँने कुरामा आफूले दृढ सङ्कल्प लिएको बताए । उनले खेलकुद क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, आयोजकको त्याग र तपस्या अपरिहार्य रहेकोमा पनि जोड दिए । उनले चीनको हाङझाउमा हुने अबको एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा सहभागी हुने गृहकार्य भइरहेको पनि बताए ।

यस्तै ओलम्पिक कमिटीका सल्लाहकार मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक सस्था रहेको बताउँदै खेलकुद क्षेत्रको विकासमा सबै पक्षले हातेमालो गर्नुपर्ने बताए । कमिटिका अध्यक्ष श्रेष्ठले अझै पनि खेलकुद ऐन अनुसार यसलाई अगाडि बढाउने चुनौती रहेको बताए । कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान तथा महासचिव निलेन्द्रराज श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा महासचिव श्रेष्ठले नयाँ खेलकुद ऐन अनुसार नेपालमा एउटै मात्र ओलम्पिक कमिटि हुने बताए । उनले ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषदबीच कुनै विवाद नरहेको पनि बताए ।

भूगोल पार्कको तर्फबाट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठबाट स्वागत तथा सम्मान पत्र पाउँनुभएका मन्त्री लिम्बू र भण्डारीलाई हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको शुभकामना ।



126 Views

Comments