रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

Bhugolpark

६ बैशाख, २०८१,१७:०२

जेष्ठ १०,काठमाडौं । अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतमा युवराज पौडेल ‘सफल’ले लामिछाने विरुद्ध रिट दायर गरेका हुन् ।

नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको रिट निवेदनमा उल्लेख छ । मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ। रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको रिट दाबी गरिएको छ । 

रिटमा भनिएको छ, ‘नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) को अवस्था विद्यमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णयलगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ ।’ 

भूगोल पार्कको दृष्टिकोणमा मंसिर-४ को आम निर्वाचनमा चितवन-२ बाट अत्यधिक मतले विजयी भएका रविको पार्टी अध्यक्ष, सांसद एवं उपप्रधान तथा गृहमन्त्री सबै पद सर्वोच्चले खारिज गरिदिएपछि सर्वोच्च अदालतको आदेश वमोजिम उनले नेपाली नागरिकता पुन: प्रप्ति गरेका थिए । उनले गत वैशाख १० को उपचुनावमा समेत चितवन-२ बाट नेपालकै ईतिहासमा ६९ प्रतिशतभन्दा बढी मतल्याएर आफैले मंसिर-४ को आम निर्वाचनमा चितवन-२ मा पाएको मतलाई ब्रेक गरेका छन् ।

उनलाई जनताले पुन: अनुमोदित गरेको वर्तमान परिपेक्षमा रविलाई एकपछि अर्को कानुनी छिद्रालाईं समाएर मुद्धा दर्ता गरिनुभनेको जनताको मतलाईं अवमूल्यन गर्नु हो । तसर्थ सम्मानित सर्वोच्च अदालतका न्यायधिशले जनभावनालाई कदर गर्दै रविकै पक्षमा न्याय दिनुहुने अपेक्षा गरिएको छ ।



206 Views

Comments