प्रचण्डको सरकारले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्र महतो र शिक्षाराज्यमन्त्रीमा प्रमिला कुमारी

Bhugolpark

१३ चैत्र, २०८०,१५:५१

जेष्ठ ९ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोक्नुभएको छ । राष्ट्रपति पौडेलले आज वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् । मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

भूगोल पार्कको तर्फबाट नव नियुक्त मन्त्री र राज्यमन्त्रीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना । प्रधानमन्त्री प्रचण्डको सरकारले पूर्णता पाएसँगै जनजीवीकाको पक्षमा अभूतपूर्व काम हुँने र भ्रष्टचारको छानवीनलाई दवाव र प्रभावमा नपरी नक्कली भुटानी प्रकरणका दोषीबाट वीगो बमोजिम साँवा र व्याँज असुलउपर गरी जेल चलान गसोस् साथै विगतमा भ्रष्टचार गरिएको भनिएको सम्पूर्ण फाइल खोलि सत्यतथ्य छानविन गरोस । भ्रष्टचारी नेता र कर्मचारीहरूबाट विगो असुलउपर गरी आजीवन कारवासको व्यवस्था गरोस भन्ने कामना गर्दछौं ।



84 Views

Comments