महालक्ष्मी विकास बैंक लि. को २९ औँ वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

Bhugolpark

१३ बैशाख, २०८१,१३:०८

जेष्ठ ८,काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक लि.ले आज मिति २०८० जेष्ठ ७ गतेदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गर्नुका साथै २९ वटा शाखाहरू मार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरूको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्याली, सम्पूर्ण शाखा कार्यालयहरुमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २ लगायत विभिन्न काार्यक्रमहरूको आयोजना गरी २९ औँ वार्षिकोत्सव मनाईरहेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखाहरू मार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रिय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेष्ठ ५ गते, शुक्रबार बिहान ११:३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरूको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरूका (आठ वटा) विभिन्न स्थानहरूमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरूको सहभागितामा जेष्ठ ६ गते, शनिबार बिहान ७:३० देखि ८:३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरू जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।

त्यसैगरि वार्षिकोत्सवको अवसरमा गत बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २) १६ टिमको सहभागितामा बैंकले जेष्ठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ । बैंकले देशभर रहेका शाखाहरू मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानिय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देबकोटा ज्यूले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त इजाजत प्राप्त राष्ट्रिय स्तरको संस्था हो । महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेकाले भूगोल पार्क परिवार महालक्ष्मी विकास बैंकमा खाता खोल्न अनुरोध गर्दछ साथै बैंकको उत्तरोत्त प्रगति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछौं ।



221 Views

Comments