कारागार अस्पताल नजिकैको मिननाग पोखरी कहाँ हरायो ?

Bhugolpark

६ बैशाख, २०८१,१४:३४

२६ वैशाख,काठमाडौं । उपत्यकाका ठूल्ठूला पोखरी मासेर सपिङ कम्प्लेक्स बनाउने क्रम जारी छ ।

चाहे ठमेलको कमल पोखरी होस् वा डिल्लीबजार कालिकास्थानको धारा पोखरी । यी पोखरी मासेर सपिङ कम्प्लेक्स बनाउन माफियाहरू सक्रिय छन् ।

ठमेलको कमल पोखरी मासेर छायाँ सेन्टर बनाइएको छ । पृथ्वीबहादुर पाण्डेको समूहले उक्त कमल पोखरी रहेको ठाउँमा छायाँ सेन्टर नामको सपिङ कम्प्लेक्स बनाएको हो । त्यो विषयमा सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । मुद्दा हार्ने सम्भावना देखेपछि उक्त समूह चलखेलमा लागेको छ ।

डिल्लीबजार कालिकास्थानको धारा पोखरी रहेको ठाउँमा व्यापारी दिपक मल्होत्राले सपिङ कम्प्लेक्स बनाउन चलखेल गरिरहेका छन् । नवीन कला मन्दिरसँग सेटिङ मिलाएर उनले करिब १६ तले सपिङ कम्प्लेक्स बनाउन चलखेल गरेका हुन् । स्थानीय र प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंह र प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले त्यसलाई प्रतिरोध गर्ने घोषणा गरेका छन् । पोखरी मासेर सपिङ कम्प्लेक्स बनाउन दिन नवीन कला मन्दिरका जिम्मेवार व्यक्तिहरुमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनको तयारी थालेको छ ।

यता केन्द्रीय कारागर अस्पताल सुन्धारा नजिकै रहेको मिननाग पोखरी गायब भएको पाइएको छ । मिननाग पोखरी भएको ठाउँमा अहिले सिभिल महल ठड्यिएको देखिन्छ । सुन्धाराको पानी व्यवस्थापन हुँदै आएको ऐतिहासिक मिननाग पोखरी मासेर व्यापारी इच्छाराज तमाङको समूहल सिभिल महल ठडिँदा पनि राज्य संयन्त्र चुपचाप छ । यो पोखरी खोज्न आवाज उठेको छ ।

यता पोखरी जोगाउन सक्रिय अभियान्ताहरुले भने काठमाडौं महानगरपालिकाले मापदण्ड ऐन आएपछि व्यापारीबाट मिचिएको ठबहिलको कमल पोखरीमाथि बनेको छायाँ देवि कम्पेल्कस र सुनधारा मै रहेको मिननाग पोखरी फेरि कायम गर्न सक्छ कि सक्दैन भनेर प्रश्न गरेका छन् ।

पोखरी जोगाउन सक्रिय अभियन्ताहरुको आखाँ कालिकास्थानको धारा पोखरी जोगाउनतर्फ केन्द्रित हुँदैछ । छायाँ सेन्टरमा रहेको कमल पोखरी खोज्दै मुद्दा लडिरहेका छन् । मिननाग पोखरी उनीहरूको चासोको बिषय बनेको छ । सिंहदरबारमा बस्नेहरुको नजर यता पनि परोस् भन्ने उनीहरुको चाहना छ ।

यो समाचार आज प्रकाशित स्वास्थ्य लाइभ डट कम खवरबाट साभार गरिएको हो ।



191 Views

Comments