शरणार्थी प्रकरणमा “हेभी वइट”का नेता टोपबहादुर रायमाझी, आरजु, बालकृष्णदेखि मञ्जुसम्म तानिए

Bhugolpark

२५ बैशाख, २०८०,१०:५१

वैशाख २५,काठमाडौं । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको विभिन्न पार्टीको हेभी वइटका नेताहरूनै एक पछि अर्को तानिएका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।

पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल,एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि तानिएका छन् ।

पैसा उठाउने गिरोह र पीडितबीच भएको कुराकानीमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाँणलाई पनि पैसा बुझाएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोलाई प्रहरीलाई सुरक्षित राखेको र अनुसन्धान जारी राखेको जनाएको छ ।


254 Views

Comments