नेकपा एकीकृत समाजवादीले आफ्ना नेतालाई सामाजीक सञ्जाल र सञ्चारमाध्यममा बोल्न रोक

Bhugolpark

२४ बैशाख, २०८०,१६:३८

नेकपा एकीकृत समाजवादीले कुनै पनि सामाजिक सञ्जालमा र सञ्चारमाध्यम पार्टीको बिधान र निती विपरीत नबोल्न पार्टिका सबै नेताहरुलाई आग्रह गरेको छ ।

केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै पार्टिमा महत्वपूर्ण जिम्मेवारीमा केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानको विपरीत हुनेगरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै आईन्दा यस्तो कार्य नगर्नध्यानाकर्षण जनाएको छ ।

नेताहरुले यसरी सामाजीक सञ्जाल र सञ्चारमाध्यममा दिएको अभिव्यक्तिलाई प्रतिगामी तत्वले उचालेको भन्दै यदि चित्त नवुझेमा वा फरक मतहरू राख्न परेमा पार्टी कमिटीभित्रै राख्न नेताहरुलाई आग्रह समेत गरेको छ ।

‘यसलाई गम्भीरतापूर्वक नलिई पार्टी विधान विपरीत आफ्ना अभिव्यक्ति र क्रियाकलापहरू कसैले पनि गर्न पाइने छैन,’ अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अटेर र बेवास्ता गर्ने प्रवृत्तिले पार्टी नै कमजोर हुने हँदा आगामी दिनहरूमा आफ्ना कमी कमजोरीहरूलाई सुर्धानका लागि सचेत गराइन्छ ।’ यदि सुधार नगरेमा पार्टीको विधि र विधान अनुसार कारबाही गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।


198 Views

Comments