सिम्रिको सबै हेलिकप्टर उडानमा निषेध

Bhugolpark

१२ बैशाख, २०८१,१४:४४

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा निषेध गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले गत शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्यसबै हेलिकप्टर उडानमा निषेध लगाएको हो । 

संखुवासभाको भोटखोला गाउँपालिकामा शुक्रबार माथिल्लो अरुणको सामान र्पुयाएर फर्किने क्रममा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए भने भविन गुरुङको निधन भएको थियो।

अर्को सूचना जारी नगरे सम्मका लागि सिम्रिकका सबै हेलिकप्टर उडानमा निषेध लगाएको उड्डयन प्राधिकरणले बताएको छ । प्राधिकरणले उडानका क्रममा हवाई सुरक्षा समेत नअपनाएको हुनाले यो दुर्घटना हुन सक्ने आसंका गरेको छ ।

प्रधिकरणले कम्पनीमा रहेका अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा पूर्णरुपमा अनुसन्धान नहुँदासम्मका लागि उडान नहुने बताएको छ । 



264 Views

Comments