कांग्रेसमा थप एक मन्त्रालय, आजै भयो सपथ ग्रहण कार्यक्रम

Bhugolpark

२४ बैशाख, २०८०,१३:३८

२४ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांगे्रसको पासमा थप एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण सभामुखबाट आज दिउँसो साढे १२ बजे शीतल निवासमा भएको छ ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका हुन् । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजबाद पार्टीका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण वा खानेपानी मध्ये एक मन्त्रालयको जिम्मा दिइने छ । हाल खानेपानी र वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आईरहेका छन् ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट प्रतक्ष तर्फ विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत भैसकेका छन् ।



150 Views

Comments