महालक्ष्मी विकास बैंकमा खाता खोली संस्थागत सामाजिक उत्तरदायित्वमा भागिदार बन्नुहोस् !
वैशाख १४,काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ।
बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पहुँचबाट पिछडिएका करिब २ लाख बालबालिकाहरुका लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाललद्वारा करिब १ हजार विद्यार्थीका लागि प्रदान गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै विद्यालय स्कुल ब्याग सहयोग गरेको हो।
काठमाडौंको साँखुस्थित जुनकिरी पब्लिक विद्यालयमा सम्पन्न कार्यक्रममा शिक्षाको मूलधारमा आउन नसकेका वा पिछडिएका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको संस्थासँग समन्वय गरी बैंकले विद्यार्थीहरूका लागि उक्त सहयोग प्रदान गरेको हो। बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामग्रीमध्ये झोलाको सुविधा पुर्याउने हेतुले बैंकले उक्त सहयोग गरेको हो।
कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरू र बैंकका तर्फबाट बजार निक्षेपिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सी तथा बागमती प्रदेश ‘क’ का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति थियो।
महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ ।महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि सामाजिक तथा आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
Comments