बारामा उपेन्द्रसँग मतान्तर घटाउदै शिवचन्द्र कुशवाहा

Bhugolpark

१२ बैशाख, २०८०,२१:२९

वैशाख १२,बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।

प्राप्त पछिल्लो परिणामअनुसार यहाँ जनता समाजवादी पार्टीले गठबन्धनको सहयोगमा फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले २२ हजार ५५२ मत प्राप्त गरेका छन् । उनका निकटतम रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहाले १९ हजार ९२३ मत पाएका छन् ।

तेस्रो स्थानमा नेकपा (एमाले) रहेको छ । एमाले उमेदवार पुरुषोत्तम पौडेलले ६ हजार ५ सय ०१ मत प्राप्त गर्दा रास्वपाका उमेदवार रमेश खरेलले २ हजार ६ सय ८१ र आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २ हजार ६ सय १५ मत पाएका छन् ।



180 Views

Comments