वैशाख १२,बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।
प्राप्त पछिल्लो परिणामअनुसार यहाँ जनता समाजवादी पार्टीले गठबन्धनको सहयोगमा फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले १८ हजार ९६ मत प्राप्त गरेका छन् । उनका निकटतम रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहाले १३ हजार ०८३ मत पाएका छन् ।
तेस्रो स्थानमा नेकपा (एमाले) रहेको छ । एमाले उमेदवार पुरुषोत्तम पौडेलले ५ हजार ४ सय ५९ मत प्राप्त गर्दा रास्वपाका उमेदवार रमेश खरेलले २ हजार १ सय ४० र आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले १ हजार ९ सय ७० मत पाएका छन् ।
Comments