हामीले उम्मेद्वार एवं मतदाताहरूसँग फोनमा सम्वाद गर्दा त्रियक्षीय भिडन्त हुने भएपनि थोरै मतान्तरले गोविन्द भट्टराईले चुनाव जित्ने बताए। तीनै पार्टीले राष्ट्रिय स्तरमा चर्चा कमाएका हेभीवेट उम्मेदवार मैदानमा उतारेकोले भएपछि उप–निर्वाचन निकै रोचक बनेको छ ।
वैशाख ७, काठमाडौं। तनहूँ जील्लाको क्षेत्र नंम्बर १ मा चुनावको मिति नजिकिदै गर्दा प्रचण्ड गर्मीको बावजुत चुनावी सरगर्मी बढेर गएको छ।भूगोल पार्कले नेताहरूसँग प्रत्यक्ष फोन सम्पर्क गरी उहाँहरूको संक्षिप्त परिचय, चुनावी घोषणा पत्र वा चुनावी ऐजेण्डा अरू उम्मेद्बारहरूलेभन्दा जीत सुनिश्चित रहेको आधारहरू, चुनावमा विजयहाँसिल गरेमा सो क्षेत्रका जनताहरूको जनजीवीकाको विषयमा के-कस्ता कार्यहरू गर्नुहुन्छ ? भनि हामीले उहाँहरूसँग प्रश्न सोधेका थियौं।उहाँहरूले बोल्नुभएको बोलि जस्ताको तस्तै हाम्रो नेता डट अनलाइन, टुइटर, फेसबुक, युटुव, स्टाग्राम आदि सामाजिक सञ्जालमा समेत राखेका छौं।
तनहूँ क्षेत्र नम्बर १ यति बेला उपनिर्वाचनले गर्दा चर्चामा छ । मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा गठबन्धन दलका साझा उम्मेद्वार राष्ट्रपति रामचन्द्र पौडैल विजय भएका थिए। पौडेलले २५ हजार तीन सय १८ मत ल्याएका थिए। यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगर पराजित भएका थिए। उनले १९ हजार ९ सय ४३ मत ल्याएका थिए।
यहाँ स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार चार सय ८३ मत ल्याएका थिए।तनहुँ १ मा ६८१५८ मत खसेको थियो।
यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेपाल कम्युनिस्ट पार्टी एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
गोविन्द भट्टराई, नेपाली कांग्रेस
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई उम्मेद्वार बनेका छन् ।उनलाईं माओवादी नेकपा एसलगायत दलको समर्थन रहेको छ। पार्टीका उम्मेदवार र नेताहरू घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहेका छन् ।
लाभको पदमा नपुगीकन पनि ५९ वटा खानेपानीको योजना, विद्युतीकरण, विद्यालय निर्माण, सडक, पुल पुलेसा बजेट पार्न सफल भएको बताउँदै कांग्रेसका सरल तथा स्वच्छ छवि भएका विकास प्रेमी युवा नेता भएको दावी गर्नुहुन्छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सहित आठ दलीय सत्ता गठबन्धनको ठुलो साथ रहेकोले अत्यधिक बहुमतका जित्नेमा भट्टराई ढुक्क रहेको बताए । आफू पदमा नहुँदा पनि उल्लेखनीय विकास गरेको र सत्ता गठबन्धनको कांग्रेस र माओवादी केन्द्र नेकपा एस, जसपाको मतबाट आफू विजयी हुनेमा कुनै शङ्का नरहेको भट्टराईले बताए ।
२०७९ मङ्सिर ४ को निर्वाचनमा यस क्षेत्रबाट विजयी सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि सो क्षेत्रमा ती पार्टीले हेवीवेट उम्मेदवारहरू उठाएपछि उनीहरूबिच कडा प्रतिस्पर्धा हुने देखिएको विश्लेषकहरू बत्ताउँछन् । नेपाली कांग्रेसका भट्टराई पुरानै विरासतलाई जोगाउने दाउमा हुनुहुन्छ ।
स्वर्णिम वाग्ले (रास्वपा)
तनहूँ १ मा असन्तुष्ट कांग्रेसीहरूको भोट स्वर्णिम वाग्लेलाईं जाने एवं राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रविप्रति जनताको अपार समर्थन भएकोले उनले गठबन्धन दलका उम्मेद्वार गोविन्द भट्टराईलाई कडा टक्कर दिने सम्भावना छ ।यदि गठबन्धन दलका सहयात्री माओवादी र नेकपा (एस)को भोट टान्सफर नभएमा उनले जीत्ने सम्भावना बढी देखिएको छ।
रास्वपाका उम्मेदवार सोवाग्ले अर्थविद् र देशव्यापी रूपमा परिचित व्यक्तित्व भएकाले पनि राम्रै मत प्राप्त गर्ने आङ्कलन गरिएको बताए । मतदाताहरूले परिवर्तन खोजिरहेका आफूले जित्ने वाग्ले बताउँछन् ।
सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाउनु भएको थियो । रास्वपाका वाग्ले काँग्रेस छोडेर उम्मेदवार बन्नु भएको हो । यता पूर्व मन्त्री जोशीले आफूमाथिको कारबाही फुकुवा गरे पनि यति बेला आफू कांग्रेस नै नरहेको बताउनु भएको छ । आफ्नो समूहको मत कुन उम्मेदवारलाई सहयोग गर्ने हो त्यस बारे जोशी खुलिसक्नु भएको छैन तर वाग्ले असन्तुष्ट कांग्रेसी नेता तथा कार्यकर्ताको भोट आफूले पाउँने बताए।युवापुस्ताहरू पनि वाग्ले अर्थविद एवं स्वच्छछविका नेता भएकोले यस पटक उनलाईं मतदान गर्ने बताए।
सर्वेन्द्र खनाल नेकपा एमाले
एमाले गुमेको विरासतलाई फर्काउने दाउमा छ । नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनाल पनि सो निर्वाचन क्षैत्रकै स्थानीय वासिन्दा भएको एवं प्रहरी अधिकृतवहाल रहेको अवधिमा मधेशमा आन्दोलनरत दलहरूलाई मुलधारको राजनीतिमा ल्याउँन अग्रिणी भूमिका निभाएको कारणले गर्दा उहाँले पनि कडा टक्कर दिने आँकलन गरिएको छ।
२०७४ को निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान विजयी हुनु भएको थियो । त्यस समयमा श्रेष्ठलाई माओवादी केन्द्रको साथ रहेको थियो । रास्वपाले कांग्रेसको मत धेरै काट्ने र आफ्नो जोगाएर चुनाव जित्ने रणनीतिमा एमाले रहेको हामीलाई सर्वेन्द्र खनालले बताए ।
Comments